वर्षाको आशमा किसान

बाग्लुङ | साउन ३, २०७९

वर्षाको आशमा किसान

 

बागलुङ:    बागलुङ नगरपालिका– १२ अमलाचौरका ज्ञानेन्द्र ढकालको वर्ष दिन खान पुग्ने धान फल्ने खेत साउन सुरु हुँदासमेत बाँझै छ । विगतका वर्षमा यो बेलासम्म रोपाइँ सक्ने मेसो चलिरहेको हुन्थ्यो । तर, यसवर्ष पाकेको मकै थन्क्याएको केही दिन भयो । रोपाइँको तयारीको लागि खेतका गह्रा खाली गरिए । तर, वर्षा नहुँदा ढकालको काम आकाश नियाल्ने मात्रै भएको छ ।

 

असारको अन्तिम सातायता भल चल्ने गरी बागलुङमा पानी परेको छैन् । असारको अन्तिम साताको एक दिनको वर्षाले एक दिन मात्रै रोपाइँ गर्नुभएका अमलाचौरकै गेश्वर घिमिरेले पनि अझै पाँच/सात दिन रोपाइँ गुर्नपर्ने छ । खेतको छेवैमा भएको खहरे खडेरीले सुक्न थालेपछि ढकाल र घिमिरे जस्ता किसान मर्कामा छन् । “गज्जबले वर्षा भइदिएको भए खेतमै मूल फुट्थ्यो, भल छोपेर रोपाइँ गरे पनि धानलाई पानी पुग्थ्यो”, ढकाल भन्नुहुन्छ, “२५ रोपनी खेत अझै बाँझो गाभो हाल्नै पाइएन् ।”पोहोर सालको तुलनामा यो वर्ष असारमा वर्षा नहुँदा रोपाइँ गर्न नपाएको किसानको गुनासो छ । असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बूढिएर रोप्नै नमिल्ने भइसकेको छ । 

 


मनसुन सुरु भएको समाचार आएपछि काचोँबाली मकैसमेत थन्क्याएका किसानले समयमा रोपाइँ गर्न नपाएको गुनासो गर्न थालेका छन् ।  जिल्लाभर कुलो र नहरको सुविधा भएको, खोला तथा नदी किनार र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुन सकेको छैन । वर्षा भएको बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रोपिएका खेतहरू पनि सिँचाइको समस्यामा पटपटी फुटेका छन् ।

 

“यस्तै खडेरी रहने हो भने त यो वर्ष रोपाइँ गर्न पाइन्छ की पाइदैन्”, किसान घिमिरेले भन्नुभयो, “जसोतसो रोपेपनि धाँजा फाटेर खेत हेरिनसक्नु हुन्छ, कमिलाको लाइन लागेको खेतमा के धान फल्ने आशा गर्नु ।” कृषि ज्ञान केन्द्र कार्यालय बागलुङका प्रमुख भानुभक्त भट्टराईका अनुसार आइतबारसम्म जिल्लामा करिब ७० प्रतिशत रोपाइँ पूरा भएको छ । जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छ भने एक हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ । “मकै लगाएको खेत भएकाले ढिला भइसकेको त छैन्, तर अझै एक दुई दिन खडेरी परे रोपाइँ ढिला हुन्छ”, भट्टराईले भन्नुभयो “लामो समय पानी नपर्दा बीउ जोगाउने चुनौती हुन्छ ।” अझै पनि मूल फुट्ने गरी वर्षा हुन सकेमा रोपाइँ धमाधम गर्न सकिने किसान बताउँछन् । 

 

डाँडाकाँडा र लेक रहेको क्षेत्रमा छिटो रोपाइँ गर्न सकेमा मात्रै पछि समयमै धान पाक्छ र अनुकूल मौसममा थन्क्याउन पाइन्छ । बेँसीमा तापक्रमका कारण छिटो धान पाक्ने भए पनि लेकमा ढिला गरी पाक्छ । तिनै लेकमा साउन लाग्दासम्म पनि रोपाइँ हुन नसक्दा यसवर्ष धान नै उत्पादन गर्न नसकिने चिन्तामा किसान छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्